बाह्रदेउ ज्यावन समाज, कैलाली –  सांस्कृतिक र सामाजिक संस्था

सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला, गोदावरी नगरपालिका–२ अत्तरियामा बाह्रदेउ ज्यावन समाज एउटा सक्रिय सामाजिक संस्थाका रूपमा कार्यरत छ। वि.सं. २०७७ मा स्थापित यो संस्था समाजसेवा, वंशावली लिपिबद्धीकरण, र मौलिक संस्कार–संस्कृतिको जगेर्नामा समर्पित छ।

जिल्ला प्रशासन कार्यालय कैलालीमा द.न. २८२८/२०७७/२०७८ मा दर्ता भई पान नं. ६१४९७६८९० प्राप्त गरेको यो समाज कानुनी एवं पारदर्शी रूपमा सञ्चालित छ।

उद्देश्य र लक्ष्य

· सामाजिक सेवा तथा मानवीय सहायता पुर्याउने
· बंशावलीलाई व्यवस्थित र लिखित रूपमा संरक्षण गर्ने
· पुर्ख्यौली संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने

संरचना र सदस्यता

· सञ्चालक समिति: २१ सदस्यीय
· अध्यक्ष: जय बहादुर धामी
· सदस्यता प्रकार: संस्थापक, आजीवन, साधारण, मानार्थ

गरिएका गतिविधिहरू

· बाढीपीडितलाई राहत वितरण
· विभिन्न रोगीहरूको उपचारका लागि आर्थिक सहयोग
· गरिब एवं विपन्न वर्गका समस्या सम्बन्धित निकायमा पुर्याउने
· बंशावली तथा संस्कार–संस्कृति सम्बन्धी सामग्री संकलन

प्राप्त उपलब्धिहरू

· प्रत्येक वर्ष क्यालेन्डर नियमित प्रकाशन
· संस्थाको वेबसाइट निर्माण
· सामाजिक संस्थाका रूपमा गरिब जनसमुदायमा सकारात्मक छाप स्थापित

भविष्यका योजनाहरू

· संस्थालाई नेपाली संस्कृति, बंशावली तथा विभेदविहीन समाज निर्माणको केन्द्रका रूपमा विस्तार गर्ने
· समाजसेवाका कार्यक्रमहरू थप प्रभावकारी रूपमा सञ्चालन गर्ने
· बंशावली संकलनलाई व्यवस्थित एवं डिजिटल डाटामा रूपान्तरण गर्ने

बाह्रदेउ ज्यावन समाज, कैलाली एक अग्रसर सामाजिक संस्थाको रूपमा स्थानीय जनताकाे हित, संस्कृतिको संरक्षण र वंशावलीको अभिलेखीकरणमा निरन्तर लागि परेको छ। यसको प्रयासले ग्रामीण समाजमा सकारात्मक परिवर्तनको ढोका ढकढक्याइरहेको छ।

About Global Vision Foundation

उद्देश्य र लक्ष्य

· सामाजिक सेवा तथा मानवीय सहायता पुर्याउने
· बंशावलीलाई व्यवस्थित र लिखित रूपमा संरक्षण गर्ने
· पुर्ख्यौली संस्कार र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने

प्राप्त उपलब्धिहरू

· प्रत्येक वर्ष क्यालेन्डर नियमित प्रकाशन
· संस्थाको वेबसाइट निर्माण
· सामाजिक संस्थाका रूपमा गरिब जनसमुदायमा सकारात्मक छाप स्थापित

Our Leadership

Meet Our Founders & Executive Team

The passionate individuals who guide our mission and vision

जय बहादुर धामी

जय बहादुर धामी

अध्यक्ष

बाह्रदेउ ज्यावन समाज, कैलाली का वर्तमान अध्यक्ष श्री जय बहादुर धामी एउटा यस्तो व्यक्तित्व हुन्, जसले समाजसेवा, संस्कार र संस्कृतिको संरक्षणलाई आफ्नो जीवनको अभियान बनाएका छन्। उहाँको नेतृत्व, मिहिनेत र प्रतिबद्धताले संस्थालाई निरन्तर उचाइमा पुर्याएको छ। प्रारम्भिक जीवन तथा शिक्षा श्री धामीको जन्म सुदूरपश्चिम नेपालको बझाङ जिल्ला, दहवगर–८, बमौर मा भएको थियो। हाल उहाँ कैलाली, अत्तरिया मा बसोबास गर्दै आउनुभएको छ। उहाँले B.Ed. (स्नातक शिक्षा) हासिल गर्नुभएको छ, जसले उहाँलाई शैक्षिक र सामाजिक क्षेत्रमा अझ सक्षम बनाएको छ। संस्थापनमा योगदान जय बहादुर धामी यस संस्थाका संस्थापक मध्ये एक हुन्। उहाँले सुरुमा सचिव र उपाध्यक्ष पदमा रही काम गर्नुभयो र हाल अध्यक्ष को भूमिकामा सक्रिय हुनुहुन्छ। उहाँको पहलमा मात्र यस संस्थाको: · विधान निर्माण · गठन प्रक्रिया · प्रारम्भिक योजना सबै कार्य सम्पन्न भएका हुन्। उहाँको प्रयासले कैलाली, कञ्चनपुर, डडेल्धुरा र बझाङ मा समेत संस्थाको स्थापना तथा विस्तार भएको छ। सबै स्थानमा संस्थाको गठन र सञ्जाल विस्तारमा उहाँको प्रमुख भूमिका रहेको छ। गतिविधिमा सक्रियता अध्यक्ष धामी हरेक संस्थागत गतिविधिमा अग्रपंक्तिमा रही कार्यरत हुन्छन्। सबै कार्यक्रम, भेटघाट र समन्वयमा उहाँ नै सबैभन्दा बढी खटिनुहुन्छ। उहाँलाई संस्थाको हरेक सानो–ठूलो जानकारी हुन्छ र आवश्यक परेमा तत्काल समाधानको लागि अघि सर्नुहुन्छ। व्यक्तिगत गुणहरू · वचन र व्यवहारको एकता: जे बोल्छन्, त्यही व्यवहारमा देखाउँछन्। · सत्यनिष्ठा: कहिल्यै झूट बोल्दैनन्, जस्तो कुरा त्यस्तै राख्छन्। · मिठो र हाँसिलो स्वभाव: सबैसँग सरल, मीठो र खुला संवाद गर्छन्। · सबैसँग घुलमिल: जुनसुकै समुदायका मानिससँग पनि चाँडै घुलमिल हुन सक्छन्। · भेदभाव नगर्ने नीति: भेदभाव गर्नुलाई उहाँ अपराध ठान्नुहुन्छ। · समान व्यवहार: जात, धर्म, वर्ग, लिङ्ग सबैलाई समान दृष्टिले हेर्छन्। · रुचि: नाच्न, गाउन र सांस्कृतिक क्रियाकलापमा उत्तिकै रुचि राख्छन्। भविष्यको दृष्टिकोण जय बहादुर धामीको दूरगामी सोच छ: · बंशावली संकलन: संस्थामार्फत हरेक समुदायको बंशावली तयार गरी सबैलाई जानकार बनाउने। · सांस्कृतिक जागरण: बाह्रदेउ ज्यावनिको संस्कार–संस्कृति मात्र नभई सम्पूर्ण नेपाली संस्कार–संस्कृतिको बारेमा जनचेतना फैलाउने। · सबैको सुझावमा अगाडि बढ्ने: गीत, भिडियो, सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमबाट सबैको सल्लाह–सुझाव लिएर अगाडि बढ्ने योजना।